Online radio app for Radio Manakamana

Radio Manakamana Screenshot
Radio Manakamana Screenshot
Radio Manakamana Screenshot
Update
Mar 27, 2023
Developer
Category
Installs
100+
Rate
0
दारेचोक संचार सहकारी संस्था लि.द्धारा सञ्चालित सामुदायिक रेडियो रेडियो मनकामना १०२.४ मेगाहर्जले मनोरम तथा प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामनाबाट २०६६ साल चैत्र ३ गतेबाट प्रसारण शुभारम्भ भएको हो ।

बिशेष गरि गोरखा, धादिङ्, चितवन, तनहुँ र नुवाकोट लगायतका जिल्लाहरुलाई आफ्नो सेवा क्षेत्र बनाएर संचालनमा ल्याईएको रेडियो मनकामना लमजुङ् रसुवा, स्याङ्जा पर्वत लगायत दर्जन भन्दा बढी जिल्लाहरुमा सुनिन्छ । रेडियो मनकामना गाँउ समाज र राष्ट्रप्रति संबेदनशिल छ । साना –साना सवाल देखि राष्ट्रिय स्तरको सवाल देखि राष्ट्र्यि स्तरको सुचना (समाचार) लाई आम जनमानसमा संप्रेशण गर्नु रेडियो मनकामनाको दायित्व हो । रेडियो प्रसारण सुनीने स्थानका जनतालाई उत्कृष्ठ संचार माध्यमको रुपमा परिचित गराउन रेडियो मनकामनाले दक्ष तथा प्रतिभावान संचारकर्मीलाई भिन्न भिन्न क्षेत्रमा पृथक कार्यशैलिका साथ काम गर्ने जिम्मेवारी सुम्पिएको छ । त्यसैले रेडियो मनकामना १०२.४ मेगाहर्ज अन्तरमनको साथी संयोजित जनशक्ति र उत्कृष्ट कार्य सम्पादनको संगम स्थल हो । जुझारु ब्यबस्थापन सम्मिलित रेडियो मनकामनाले सरकारी, गैरसरकारी निजि एंव ब्यबसायिक संस्थाका सुचनामुलक तथा ब्यबसायिक बिज्ञापन जानकारी प्रसारण गरि निजी एंव संस्थागत ब्यबसायमा अझ थप बृद्धि गर्न सहयोग गर्नेछ । समयको चक्रसंगै ब्यबसायिक, आर्थिक गतिबिधिमा रेडियो मनकामनाको आत्मिय प्रसारणले तपाईलाई सत–प्रतिशत प्रतिफल दिनेमा हामी बिश्वस्त छौँ ।